८ जेष्ठ २०८१, मंगलवार

कस्तो रहला आज दिनभरको मौसम ?
  • न्युज मानसराेवर

बाँके\नेपालमा हाल उल्लेखनीय मौसम प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै बुधबार देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम  सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। यस्तै कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागका  एक दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी राति देशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ ।

  • १७ कार्तिक २०७८, बुधबार प्रकाशित

  • Nabintech