१३ मंसिर २०८१, बिहीबार

पर्वको मिठाइ कराची हल्वा यसरी बनाउनुहोस्
  • न्युज मानसराेवर

बाँके\पर्वको मिठाइको महत्त्व निकै रहन्छ । अझ तिहारमा त मिठाइ सबैको प्रिय हो । छठमा पनि मिठाइको आफ्नै विशेषता छ ।

नयाँ–नयाँ मिठाइ बनाएर तिहारको भाइटीकाको भागमा राख्ने सबै दिदीबहिनीको रहर रहन्छ । रङ्गीचङ्गी कलरफुल रोटी र मिठाइ तिहारको विशेषता हो ।

फूलमाला जस्तै मिठाइमा पनि विविधता हुनुपर्छ भन्ने मान्यता परापूर्वकालदेखि नै छ ।

यहाँ हामीले एउटा नौलो मिठाइ इराची हल्वाको पूर्ण रेसिपी लिएर आएका छौं । जुन घरमै सहज रूपमा तयार गर्न सकिन्छ र निकै स्वादिष्ट पनि हुन्छ ।

मकैको पिठो, चिनी, घ्यू र ड्राइनट्स यसका प्रमुख सामग्री हुन् । अन्य हल्वाभन्दा यो हल्वा भिन्न र देख्नमा पनि आकर्षक हुन्छ ।

कराची हल्वा बनाउन चाहिने सामग्रीः चिनी २ कप, पानी एक कप, कर्नफ्लोर १ कप, लेमन जुस २ टेबल स्पुन, ओरेन्ज कलर पिन्च, घ्यू १/२ कप, पिस्ता २ टेबल स्पुन, रोज वाटर ३ ड्रप, सुकमेलको धुलो १/२ स्पुन, काजु १५ ग्राम, आल्मोन्ड १५ ग्राम, केसर पिन्च

कराची हल्वा बनाउने तरिकाः चिनी र पानी उमाल्ने र ग्लेज तयार हुनासाथ पानीमा कर्नफ्लोर घोलेर हाल्दै चलाउने । बाक्लो हुनासाथ घ्यू, रोज वटर, लेमन जुस, सुक्मेलको धुलो र ओरेन्ज कलर हालेर चलाउने । बनाएको हलुवालाई ट्रेमा फिजाएर ड्राइनट्सहरू छर्कने र राम्ररी सम्याउने । अन्त्यमा केसर छर्केर चिसो बनाउने र फ्रिजमा राखिदिने । चिसो भएर जम्नासाथ आफूले चाहेको सेभमा काटेर सर्भ गर्ने ।

  • १८ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • Nabintech