१२ श्रावण २०८१, शनिबार

बैजनाथमा जारी क्रिकेट प्रतियोगिताको फाइनल खेल मुन स्टार युथ क्लब (बी) विजयी
  • न्युज मानसराेवर

बैजनाथ । बैजनाथ गाउँपालिकामा जारी पालिका स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।

क्रिकेट प्रतियोगिताको प्रथम पुरुस्कार आयोजक मुन स्टार युथ क्लबको समुह (बी) ले उपाधि हात पारेको छ । भने उपविजेता आयोजक समुहकै (ए) दृतिय भएको छ ।

प्रतियोगितामा  खेल २० ओभरको खेलाइएको थियो । मुन स्टार युथ क्लब (बी) टिम (समुहले) पहिलो पारी २० ओभर पुरै खेल्दै एक सय ३५ रन बनाउन सफल भएको थियो ।’भने मुन स्टार युथ क्लब(ए)  टिम (समुहले १३ ओभरमा पुरै हुईकेट खसाल्दै ७८ रनमा समेटिएको थियो ।

प्रतियोगितामा जम्मा ६ वटा क्लबहरुले सहभागिता जनाएका थिए ।प्रतियोगितामा प्रथम पुरुस्कार प्रमाणपत्र सिल्ड सहित १५ हजार र दृतिय पुरुस्कार प्रमाणपत्र सिल्ड सहित ८ हजार नगद प्रदान गरिएको छ ।

कार्यक्रममा बैजनाथ गाउँपालिका वडा न ४ का वडा अध्यक्ष काली बहादुर सिहले युवा शक्ति सृजनशिल हुन आवश्यक रहेको बताए । उनले खेलको माध्यमबाट शाररिक स्वास्थ्यकर जीवन सगै कुलत बाट समेत छुटकारा पाउन सहज माध्यम खेल नै रहेको औल्याएका थिए ।

कार्यक्रममा विशिष्ट अथिति माया धितालले शुभ दिपावलीको शुभकामना दिदै विजेता र उपविजेता समुहका खेलाडिहरुलाई बधाई व्यक्त गरिन । कार्यक्रममा उत्कृष्ट ब्याट्सम्यान , उत्कृष्ट बलर , उदयमान खेलाडि लागि सम्मान तथा पुरुस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा वडा सदस्य बालकृष्ण आचार्य  प्रतियोगितालाई सहयोग गर्ने समाजसेवि ,व्यापारी राजनितिक दलका प्रतिनिधि  युवा समाजसेवि अगन मल्ल असोक लगाएतको कार्यक्रममा सहभागिता रहेको थियो ।

कार्यक्रममा मुन स्टार युथ क्लबका उपाअध्यक्ष प्रकाश शाहले स्वागत मन्तव्य राखेका थिए । यसै राम शर्माले संचालन गरेको कार्यक्रमको सभापतित्व सुरेश चन्द्रले गरेका थिए ।

 

  • १८ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • Nabintech