१२ श्रावण २०८१, शनिबार

अरब सागरमा विकसित निम्न चापीय प्रणालीको प्रभावले देशभर बदली
  • न्युज मानसराेवर

बाँके\हाल मौसममा अरब सागरमा विकसित निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसका कारण  हाल देशभर आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार  सोमबार दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने सम्भावना देखिएको छ ।

यस्तै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका  एक दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । यसैगरी राति पनि देशभर आंशिक बदली रहने छ । गण्डकी प्रदेशका हिमाली भूभागका  एक दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

  • २२ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech