१० जेष्ठ २०८२, शुक्रबार

जनगणनाका लागि बाँकेमा ६ सयबढी गणक खटाइने
  • न्युज मानसराेवर

बाँके\जनगणनाका लागि बाँकेमा ६ सयबढी गणक खटाइने भएको छ । यही कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म जनगणनामा बाँकेमा ६ सय १७ गणक खटिने भएका हुन् ।

जिल्लाका आठवटै पालिकामा १५ दिन लगाएर उनीहरुले जनगणना गर्ने तथ्याङ्क कार्यालय बाँकेका प्रमुख वेदप्रसाद ढकालले जानकारी दिए । यही कात्तिक २५ गतेदेखि १५ गतेसम्म देशभर जनगणना शुरु गरिने छ ।

मंसिर ९ गतेलाई भने सरकारले जनगणनाको मुख्य दिनका रूपमा लिइएको छ । संघीयतापछि पहिलो पटक गर्न लागिएको जनगणनालाई पूर्ण बनाउने प्रयास थालिएको छ ।

आमनागरिकको सामाजिक, आर्थिक र सांस्कृतिक विविधताको चित्रण गर्नको लागि प्राय सबै पक्षका प्रश्न समेटिएका छन् । जसका लागि विभिन्न प्रकृतिका ५५ वटा प्रश्न छन् । प्रत्येक दश–दश वर्षमा गरिने जनगणना यसअघि २०६८ सालमा गरिएको थियो ।

  • २२ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech