१२ श्रावण २०८१, शनिबार

बर्दिया अस्पताल प्रदेशकै उत्कृष्ट
  • न्युज मानसराेवर

बर्दिया \बर्दिया अस्पताल लुम्बिनी प्रदेशकै उत्कृष्ट घोषित भएको छ । आर्थिक वर्ष २०७७/७८ मा न्यूनतम मापदण्ड र कार्यसम्पादनको आधारमा उक्त अस्पताललाई प्रदेश स्वास्थ्य निर्देशनालयले प्रथम घोषणा गरेको हो ।

आव २०७६/७७ मा पनि बर्दिया अस्पताल प्रदेशकै उत्कृष्ट भएको थियो । निर्देशनालयले अस्पतालका मेसु डा. सुभाष पाण्डेयलाई सम्मान गरेको छ ।

५० शय्याको अस्पतालमा विशेषज्ञ जनशक्ति र उपकरणको अभाव भए पनि सेवा प्रवाहमा कमी नगरिएको डा. पाण्डेयले बताए । न्यूनतम जनशक्तिले पनि अत्याधुनिक प्रयोगशाला, सुत्केरी सेवा, २४ औं घण्टा इमर्जेन्सी र फार्मेसी सेवा दिएको उनको भनाइ छ । अस्पतालमा बहिरंग सेवाका दैनिक २ सय बढी बिरामी आउने गरेका छन् ।

इमर्जेन्सी सेवामा दैनिक २० देखि २५ जना आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा स्थायी, अस्थायी र करारका गरी १० जना डाक्टरले सेवा दिइराखेका छन् ।

  • २३ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech