११ श्रावण २०८१, शुक्रबार

सुर्खेतको लेकबेसीमा ७ वर्षीया बालिकाको घाँटी रेटेर हत्या
  • न्युज मानसराेवर

सुर्खेत\ लेकबेसी नगरपालिका–१,ढापखर्कमा सात वर्षीया बालिकाको हत्या भएको छ । घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको हो ।

लेकबेसी नगरपालिका ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारको हत्या भएको हो।

घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको खरबारीमा घाँटी रेटिएको अवस्थामा सोमबार शव फेला पारेको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

आइतबार बिहान १०:०० बजे सामान किन्न भनी घर नजिकैको पसलमा गएकी उनी घर नफर्केपछि परिवारले सोमबार बिहान ९:०० बजे इलाका प्रहरी कार्यालयमा खबर गरेको थियो । खबर प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर देउवाको नेतृत्वको टोलीले खोजतलास गर्दा खरबारीमा घाँटी रेटिएको अवस्थामा शव फेला पारेको थियो ।

घटनाको थप अध्ययन तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २३ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech