कोहलपुर\ बाँकेको कोहलपुर नगरपालिका व्यवसायिक वातावरण सर्वेक्षण २०२०\०२१ मा तेस्रो स्थानमा पर्न सफल भएको छ । जीआईजेडले देशका ११ वटा नगरपालिकामा व्यवसायिक वातावरण सम्बन्धि गरेको सर्वेक्षणमा कोहलपुर नगरपालिका तेस्रो स्थानमा परेको छ ।
कोहलपुर नगरपालिकाले मंगलबार कोहलपुरमा आयोजित व्यवसायिक वातावरण सर्वेक्षण तथ्यांक विश्लेषण निदान कार्यशाला कार्यक्रममा जीआईजेडले प्रस्तुत गरेको तथ्यांकमा कोहलपुर तेस्रो स्थानमा परेको हो ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर प्रमुख (एल्बी) लुट बहादुर रावतले नगरको आर्थिक विकासमा जीआईजेडसँग सहकार्य गर्दै नगरको आयश्रोत मा रुपान्तरण ल्याउने खालका परियोजना संचालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन। बताएका छन् ।