१२ श्रावण २०८१, शनिबार

मन्त्री गहतराजका प्रेस संयोजक शर्मालाई स्वागत तथा बधाई
  • न्युज मानसराेवर

बाँके\संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ का प्रेस संयोजक संगिन शर्मालाई नेपाल पत्रकार महासंघ बाँकेले औपचारिक रुपमा स्वागतसँगै बधाई दिएको छ । बाँकेमा कार्यरत पत्रकार शर्मा महासंघ बाँकेको उपाध्यक्ष पनि हुन् ।

मन्त्री गहतराजको प्रेस संयोजकमा नियुक्त भएकोमा महासंघको कार्यालयमा बुधबार औपचारिक रूपमा स्वागत तथा बधाई ज्ञापन गरिएको शाखा सचिव कमल डाँगीले जानकारी दिए । सो क्रममा महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीसहित सचिव डाँगी, कोषाध्यक्ष बिनोद पौडेल लगायतले शर्मालाई टिका र खादा ओढाएर बधाई दिएका थिए ।

सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा मन्त्रीहरुले प्रेस सल्लाहकार तथा प्रेस संयोजक प्रायः जसो काठमाडौं उपत्यकामै क्रियाशिल पत्रकारलाई राख्ने प्रवृत्ती रहेको छ । तर, मन्त्री गहतराजले उक्त प्रवृत्तीलाई तोडेर आफु निर्वाचित जिल्लाकै पत्रकारलाई प्रेस संयोजकमा नियुक्त गरेका हुन् ।

  • २४ कार्तिक २०७८, बुधबार प्रकाशित

  • Nabintech