१२ श्रावण २०८१, शनिबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
  • न्युज मानसराेवर

बाँके\नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। निगमले बुधबार राति १२:०० बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँ मूल्यवृद्धि गरेको हो।

अब यी इन्धनको मूल्य क्रमश १३६ र ११९/११९ रुपैयाँ प्रतिलिटर पुगेको छ।

हवाइ इन्धनमा ५ रुपैयाँ बढाएर आन्तरिक हवाइ इन्धनको मूल्य १०१ रुपैयाँ प्रतिलिटर र बाह्य हवाइ इन्धनको ८९५ अमेरिकी डलर प्रतिकिलो लिटर पुर्‍याइएको छ।

यस्तै खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ७५ बढाएर १ हजार ५ सय ७५ रुपैयाँ पुर्‍याइएको छ।

  • २५ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • Nabintech