१८ बैशाख २०८१, मंगलवार

बैजनाथ वडा नं३ बाल बिवाह मुक्त घाेषणा
  • न्युज मानसराेवर

बैजनाथ \बैजनाथ गाउँपालिका वडा न.३मा बाल बिवाह मुक्त घोषणा गरिएको छ । बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल उपाध्यक्ष शारदा रेग्मी विक प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी वडा अध्यक्ष कार्यपालिका सदस्य स्थानीय राजनितिक दल समाजसेवि लगाएतको सहभागितामा बाल विवाह मुक्त वडा घोषणा गरिएको हो ।

कार्यक्रममा स्थानीय किसोरी क्लब बाल क्लबका प्रतिनिधिहरुले र्याली समेत गरिएको थियो । र्यालीमा बिवाह वारी २० वर्ष पारी भन्ने नारा सहित स्थानीय बैरहवा बजार परिक्रमा गरिएको थियो ।

कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले बाल विवाह समाज रुपान्तरणको मुख्य बाधक रहेको बताए । उनले बैजनाथ गाउँपालिकाले सबै भन्दा पहिला समाजलाई सजक बनाउने कार्य तर्फ उन्मुख रहेको बताउदै बाल बिवाह वडाका रुपमा घोषणा पश्चात पनि बाल विवाह जस्ता क्रियाकलप जारी रहे कानूनी दायरामा ल्याउन समाजलाई आग्रह गरे ।

कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष उपाध्यक्षले वडा लाई बाल बिवा मुक्त घोषणाको प्रमाणमपत्र वडा न ३ लाई हस्तान्तरण गरेका
थिए । कार्यक्रममा बाल बिवाह मुक्त बनाउका निम्ति क्रियाशिल स्थानीय किसोरी क्लब बाल क्लब र स्याक नेपाल समाजसेवि लगाएत लगाएतलाई  सम्मान समेत गरिएको थियो । कार्यक्रमको अध्यक्षता कार्यवाह अध्यक्ष पद्मा रोकायाले गरेकी थिइन ।

कार्यक्रम  वडा सचिव रमेश पौडेलले संचालन गरेका थिए ।

  • २६ कार्तिक २०७८, शुक्रबार प्रकाशित

  • Nabintech