११ श्रावण २०८१, शुक्रबार

बाँकेका ८१ वटै वडामा आज निर्वाचन कार्यक्रम सुरु
  • न्युज मानसराेवर

बाँके\ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ८१ वटै वडामा शनिबार(आज) औपचारिक रुपमा निर्वाचन कार्यक्रम सुरु भएका छन । केन्द्रमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतले निर्वाचन कार्यक्रम सुरु गरेका हुन । बाँकेका सबै वडामा एकैसाथ निर्वाचन कार्यक्रम सुरु भएको जिल्ला सहायक निर्वाचन अधिकृत(अधिवक्ता) चित्रबहादुर शाहीले जानकारी दिए ।

‘निर्वाचन स्थलमा खटिनु भएका मतदान अधिकृत र सहायक मतदान अधिकृतले औपचारिक रुपमा निर्वाचन कार्यक्रम सुरु गरिसक्नु भएको छ,’ शाहीले भने । बाँकेका ८ वटै स्थानीय तहका ८१ वटा वडामा १ जना मतदान अधिकृत र २ जना सम्म सहायक मतदान अधिकृत परिचालित भएका छन । सहायक निर्वाचन अधिकृत शाहीका अनुसार बिहान १० बजे ८१ वटै वडाका मतदान केन्द्रमा प्रथम मतदाता नामावली प्रकाशन गरिएको छ ।

यस्तै बिहान ११ः१५ बजे संशोधनपछि मतदाता नामावली प्रकाशन भएको छ । यसैगरी बिहान ११ः२० देखी ३ बजेसम्मका लागि उम्मेदवारी मनोनयन गर्ने समय तोकिएको छ ।  आजै दिउँसो ३ः५० बजे प्रथम उम्मेदवारको नामावली प्रकाशन, दिउँसो ३ः५५ देखी ४ बजेसम्म उम्मेदवारीमाथी विरोध संशोधन गरिनेछ ।

निर्वाचन कार्यक्रम अनुसार दिउँसो ४ बजे उम्मेदवारको दावी विरोधपछिको संशोधित नामावली प्रकाशन, ४ः५ बजेदेखी ६ बजेसम्म उम्मेदवारी फिर्ता, बेलुका ६ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन, कात्तिक २८ गते (आइतबार) बिहान ९ बजेदेखी दिउँसो ४ बजेसम्म मतदान र मतदान पश्चात गणना तथा मत परिणाम घोषणा गरिनेछ ।

बाँकेको वडादेखी जिल्ला तहसम्मको संशोधित निर्वाचन तालिका अनुसार कात्तिक २८ गते वडा, मंसिर १ गते गाउँपालिका/नगरपालिका, मंसिर ४ गते प्रदेश सभा, मंसिर ७ गते क्षेत्र र मंसिर ११ गते जिल्लाको निर्वाचन हुनेछ ।

  • २७ कार्तिक २०७८, शनिबार प्रकाशित

  • Nabintech