१२ श्रावण २०८१, शनिबार

यो रसायनले दिमागमा नराम्रो विचार आउन दिँदैन
  • न्युज मानसराेवर

बाँके\वैज्ञानिकहरूले व्यक्तिको दिमागलाई नियन्त्रण गर्ने एक रसायन खोजेका छन् । यस रसायनको सहायताले दिमागमा आउने नराम्रो विचार र यादहरू मेट्न सकिन्छ ।

रसायनले दिमागको स्मरण क्षेत्रमा असर गर्नेछ ।

जर्नल अफ नेचर कम्युनिकेसन्समा प्रकाशित अनुसन्धान निष्कर्षअनुसार, दिमागमा विचार आउने नआउने कुरा न्युरोट्रान्समिटरमा निर्भर रहन्छ । यो दिमागको नर्भ सेलमा सन्देश पु–याउने एक किसिमको रसायन हो ।

वैज्ञानिकहरूका अनुसार, गाम्मा अमिनोबुटाइरिक एसिड वा गाबाले स्नायु गतिविधिलाई नियन्त्रण गर्छ । यसले बाँकी नर्भ सेलको कामलाई प्रभावित गर्छ ।

क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक माइकल एन्डरसनका अनुसार, गाबाले दिमागको स्मरण भण्डारण गर्ने क्षेत्र हिप्पोक्याम्पसमा दखल दिएर पुराना यादहरू र नराम्रा विचारलाई रोक्न सहायता गर्छ । यही क्षेत्रले व्यक्तिका भावना, शर्ट टर्म मेमोरी र लङ टर्म मेमोरीलाई भण्डारण गर्न सहायता गर्छ ।

एन्डरसनका अनुसार, एक परीक्षणमा गाबाको प्रयोग स्ट्रेस, डिप्रेसन वा कुनै घटनाबाट घात पुगेका मानिसमाथि गर्दा उनीहरूको खराब यादहरू सजिलै बिर्सन सहायता पुग्यो । अर्को शब्दमा भन्दा मानिसले आफ्नो दिमागमा नियन्त्रण गर्न सके ।एजेन्सी

एन्डरसनका अनुसार, यसलाई सप्लिमेन्टका रूपमा लिन सकिन्छ । यसले मानिस डिप्रेसनबाट पनि बच्न सक्छन् ।

  • २८ कार्तिक २०७८, आईतवार प्रकाशित

  • Nabintech