बाँके\साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्यमा २ सय रुपैयाँ प्रति तोलाको वृद्धि भएको छ ।
यस दिन चाँदी प्रति तोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।