२३ बैशाख २०८२, मंगलवार

एक सक्षम युवाको राजनितिक यात्रा अब के होला ?
  • न्युज मानसराेवर

कोहलपुर\ नेपाली कांग्रेसको १४औँ महाधिवेशनको पूर्व सन्ध्यामा बाँके जिल्लामा नेपाली कांग्रेसको चुनावी महोल तातिएको छ ।हाल सम्म नेपाली काग्रेस बाँकेले जनाए अनुसार बाँकेका चार वटा पालिकामा सर्वसहमत रुपमा  नेतृत्व चयन गरेको छ । नरैनापुर, खजुरा, डुडुवा र जानकीमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको हो ।

नरैनापुर सभापतिमा मेराज अहमद खाँ, खजुरा सभापतिमा रमेश सिजाली, जानकीको सभापतिमा जयराम यादव र डुडुवामा विजय कुमार यादव सर्वसम्मत भएका छन् । बाँके जिल्लाको मुख्य केन्द्रका रुपमा रहेका नगरमा भने चुनावी महोल सृजित भएको छ । मुख्य रुपमा बाँकेको पुरानो  शहरका रुपमा परिचित नेपालगञ्ज र कोहलपुरमा भने चुनावी रौनक केन्द्रको पनि मुख्य चासो दिइएको बुझिएको छ ।

चुनावको रौनक नेपालगन्जमा त्रिपक्षीय भिडन्त हुने भएको छ । प्रशान्त विष्ट, उमा थापा मगर र विनोद रिजाल सभापतिको प्रतिष्पर्धामा
छन् । तीनै जनाले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । थापा मगर संस्थापन इतरकी हुन् भने विष्ट र रिजाल संस्थापनका हुन् । कोहलपुर नगरपालिकामा पनि संस्थापन र संस्थापन इतरको लडाइँ छ । विरेन्द्र शाहले र राजेन्द्र श्रेष्ठले संस्थापन समूहको नेतृत्व गरेका छन् । दुबैले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । राप्तीसोनारीमा पनि दुई पक्षवीच प्रतिष्पर्धा हुने देखिन्छ । भिम बहादुर राना क्षेत्री र तुलाराम खत्री नेतृत्वका दुई प्यानल प्रतिष्पर्धामा छन् । राना संस्थापन र खत्री इतर समूहका हुन् ।

राना अहिलेका पालिका सभापति र खत्री सचिव हुन् । बैजनाथमा त्रिपक्षीय भिडन्त छ । त्यहाँ तीनै संस्थापन समूहका उम्मेदवार छन् । देव बहादुर खत्री, रामबहादुर विष्ट र केशर खड्का सभापतिका उम्मेदवार छन् । बाँकेका आठ वटै पालिकामा आज उम्मेदवारी मनोनयन दर्ता गरिएको थियो । सर्वसम्मत हुन नसकेका पालिकामा भोली विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ ।

बाँकेमा नेपालीको काग्रेसको १४ औँ महाधिवेशन युवाहरुको सक्रियता नेतृत्वका लागि हान थाप देखिएको छ । कयौँ युवाहरुको क्रियाशिलताले भावि नेपाली काग्रेसको नेतृत्वमा यसले खेल्ने भूमिका अहम रुपमा मान्न सकिन्छ ।

संघियताको डाँचालाई मुल्याङकन गर्ने हो भने सबै भन्दा कम्जोर उपस्थिति स्थानीय तहहरुमा नेपालीका कांग्रेसको देखिन्छ ।तर अब हुने स्थानीय तहको निर्वाचनमा यसरी नै  शिक्षित युवाहरुको आगमन र तेतृत्वमा पकड नेपाली काग्रेसले गर्ने हो भने स्थानीय तहहरुमा नेपाली काग्रेसको सवलिकरण हुने निश्चित छ । तर नेपाली काग्रेसको आन्तरीक चुनाव भनिएतापनि संस्थापनइतर र संस्थापन गरी दुवै प्यानलमा निर्वाचनमा होमिएका पक्षहरु बिचको निर्वाचन पछिको सम्बन्ध कस्तो रहने भन्ने महत्व बैग्लै छ । त्यसलाई निर्वाचन बाट निर्वाचित समुहले त्यसको व्यवस्थापन कसरी गर्छ भन्ने मुल्यांकल हेर्न बाँकी नै छ ।

आज हामी एक नेपाली काग्रेसका कर्मठ युवा र शिक्षित युवा जो कोहलपुरमा राम्रो छवि स्थापित गर्न सफल उर्जावान युवाको राजनीति यात्र   बारे चर्चा गरेका छौँ। उनी हुन नेपाली काग्रेसको १४ औँ महाधिवेशनमा कोहलपुर नगरपालिका नगर उप सभापति उम्मेदवार
शुशिल सापकोटा। 

कोहलपुर नगरपालिका वडा न १० निवासी सापकोटाले २०६२ साल बाट नेपाली काग्रेसको राजनितिकमा लागेका हुन । उनी स्थानीय बागेश्वरी क्याम्पसको स्व वियू उप सभापति उम्मेदवारी बाट राजनितिक यात्रा शुरु भएको देखिन्छ । त्यस यता तरुण दलको नगर सचिव , नेपाली काग्रेस नगर सदस्य नेपाली काग्रेस नगरको नगर सचिव र सांस्कृतिक संघको केन्द्रिय प्रतिनिधि समेत बनेका सापकोटाले
तिन विषयमा स्नाकोउत्तर गरेका छन । उनले नेपाल ल क्याम्पस बाट कानून ,त्रिभुवन विश्वविद्यालय बाट ग्रामीण विकास र बागेश्वरी क्याम्पस कोहलपुर बाट समाजशमास्त्र र मानवशास्त्र विषयमा स्नाकोउत्तर गरेका छन ।

आवद्ध संघ संस्था बाँके जिल्लामा पत्रकारीता समेत गरेका छन। उनले बाँकेको कोहलपुरमा सामुदायक रेडियो कोहलपुर एफएम बाट पत्रकारीता शुरुवात गरेका सापकोटाले केही समय स्टेशन म्यानेजर मा समत काम गरे । यसै गरी कोहलपुर बाट प्रकाशित न्यूज नमस्तेका संस्थापक कार्यकारी सम्पादनका रुपमा सेवा गरेका छन । उनी नेपाल पत्रकार महासंघको सदस्य समेत हुन भने नेपाल बुद्धिचाल बाँके शाखा सचिव युथ भोल्युम युवा क्लब अध्यक्ष साथि कृषि समुह सचिव सामुदायिक प्रहरी सेवा केन्द्र कोहलपुर सह सचिव नेपाल भारत मैन्त्री संघ कोहलपुरको उपाध्यक्ष र स्थानीय ज्ञानुदय सामुदायिक पुस्ताकालय तथा श्रोत केन्द्र कोहलपुरको सह सचिव र हाल सचिवमा आवद्ध रहेका छन । सापकोटा युवा राजनितिक गुरु अग्रज व्यत्तित्व माझ लोकप्रिय छन ।  यी जस्तै संयौ युवा युवतिहरुको राजनितिक यात्राको भविष्य कस्तो हुने भन्ने अन्तर संवाद कौतुहल्ता पक्कै पनि शुभचिन्तक आम युवाहरु माझ छ । एउटा युवाको शक्ति र उसको उर्जा समाज रुपान्तरणका लागि एक प्रेरणादायिक बन्ने की गुटको राजनितिकमा रमलिने भन्ने विवेक  भोलिको निर्वाचनमा केन्द्रित पक्कै पनि हुने छ।

 

  • १ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech