१२ श्रावण २०८१, शनिबार

मौसममा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव
  • न्युज मानसराेवर

बाँके\ हाल नेपालको मौसममा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै बाँकी भूभागमा भने आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार बिहीबार दिउँसो प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना रहेको छ ।  यस्तै राति प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, तथा कर्णाली प्रदेशका भूभागहरु आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।

  • २ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech