१२ श्रावण २०८१, शनिबार

बैजनाथ ५ मा सृजनशिल समुहको बाख्रा उपहार प्रदान
  • न्युज मानसराेवर

बैजनाथ \बैजनाथ गाउँपालिका वडा न ५ मा बाख्रा उपहार गरिएको छ । स्थानीय सृजनलि महिला समुहले ६ वटा बाख्रा उपहार गरेको हो ।
बैजनाथ गाउँपालिका वडा न ५ का अध्यक्ष मन बहादुर खत्रीको प्रमुख अथित्यमा बाख्रा उपहार गरिएको हो ।

बाख्रा आफ्नै समुह सदस्यहरुलाई गरिएको थियो । स्थानीय सरकारको आर्थिक सहयोगमा हेफर प्रोजेक्ट नेपाल र उत्पीडित सामुदायिक विकास केन्द्रको प्राविधिक सहयोगमा सृजनशिल महिला समुहलाई १ बर्ष पहिला १६ वटा बाख्रा उपहार प्रदान गरिएको थियो ।

कार्यक्रममा बैजनाथ गाउँपालिका वडा न ५ का अध्यक्ष मन बहादुर खत्रीले सामाजिक रुपान्तरणका अवधारणा अनुसरण गर्दै सदृद्ध बैजनाथ निमार्णको अभिभारा स्थानीय सरकारले मुख्य लक्ष्य रहेको बताए ।उनले समाजमा मेलमिलाप र उपहार आदान प्रदानले सबृद्ध बैजनाथ निमार्णमा यहाँहरुको महत्वपूर्ण योगदान रहेको बताए ।

खत्रीले अब व्यवस्था फेर्ने भन्दा पनि मानिसको जीवन स्तर रुपान्तरण मुख्य देह राजनितिक दल र तीनै तहहरुको गतव्य हुनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा उत्पीडित सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक रबि रोकाया परियोजना संयोजक रामकृष्ण छिनाल लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सभापतित्व सृजनशिल महिला समुह अध्यक्ष सावित्री खत्रीले गरेकि थिइन।

  • ३ मंसिर २०७८, शुक्रबार प्रकाशित

  • Nabintech