१२ श्रावण २०८१, शनिबार

ओलीले भने- मैले अध्यक्षमा उठ्ने या नउठ्ने निर्णय गरेको छैन
  • न्युज मानसराेवर

काठमाडौं \  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने वा नदिनेबारे अहिले निर्णय गरिनसकेको बताएका छन् ।

महाधिवेशनको सन्दर्भमा सम्पादकहरूसँग अन्तर्क्रियामा ओलीले समझदारी, सहमति र एकता पार्टीमा महत्वपूर्ण भएको बताए । ‘यसो गरिरहँदा लोकतान्त्रिक अभ्यासलाई अलिकति नजरअन्दाज गरिँदैन’, उनले भने ।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेर भीम रावलले चुनौती नभइ आफूप्रति माया र सम्मान देखाएको ओलीले बताए । ओलीले प्रतिस्पर्धाको लागि सबैलाई छुट भएको भन्दै सहमतिका नाममा कसैलाई करकाप नगर्ने बताएका छन् । प्रतिस्पर्धीकै बीचमा सहमति भएर नेतृत्व छानिने उनको भनाइ छ ।

‘मैले मन पराएको बरिष्ठ उपाध्यक्ष त्यो हो- जो या त निर्विरोध हुन्छ, या त सबैभन्दा बढी भोट ल्याएर विजयी हुन्छ ।’

  • ७ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech