१२ श्रावण २०८१, शनिबार

एमाले महाधिवेशनको बन्दसत्र ७ बजे मात्रै शुरू हुने, मुख्य नेताहरू ओलीसँग छलफलमा
  • न्युज मानसराेवर

बाँके\ एमाले महाधिवेशनको अन्तिम बन्दसत्र साँझ ७ बजेदेखि शुरू हुने भएको छ । बन्दसत्र सञ्चालन हुने हलमा बन्दसत्र ७ बजे मात्रै शुरू जानकारी गराइएको छ ।

बिहान १० बजेका लागि बन्दसत्रको समय तोकिए पनि पदाधिकारी तथा केन्द्रीय सदस्यहरूकाे नाम टुंग्याउन नसक्दा ढिलो भएको हो ।

अहिले मुख्य नेताहरू अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा छन् ।

नेकपा एमालेको भावी नेतृत्व चयनका लागि वरिष्ठ उपाध्यक्ष र महासचिवबाहेकको सूची तयार भएको छ । नेताहरूबीच सहमति गर्ने प्रयास गरिएको छ ।

शनिवारको बन्दसत्रले पदाधिकारीको संख्या थप गर्ने गरी विधान संशोधन गरेको थियो । संशोधित विधान अनुसार एमालेको पदाधिकारी संख्या १९ र केन्द्रीय समिति ३०१ सदस्सीय बन्ने भएको छ ।

शुक्रवार उद्घाटन भएको महाधिवेशन आज समापन गर्ने तयारी छ ।

  • १२ मंसिर २०७८, आईतवार प्रकाशित

  • Nabintech