१३ जेष्ठ २०८१, आईतवार

खेलकुद परिषदको सदस्य सचिवमा माओवादी नेता घिसिङ नियुक्त
  • न्युज मानसराेवर

बाँके\  सरकारले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको सोमवारको बैठकले नेपाल रग्बी संघका अध्यक्ष समेत रहेका घिसिङलाई चार वर्षका लागि सदस्य सचिवमा नियुक्त गरेको हो ।

नेकपा माओवादी केन्द्रका वागमती प्रदेश कमिटी सदस्य समेत रहेका रामेछापका घिसिङ व्यवसायी समेत हुन् । तत्कालीन नेकपा सरकारले नियुक्त गरेका रमेश सिलवाललाई हटाएर सरकारले घिसिङलाई सदस्य सचिव नियुक्त गरेको हो ।

सिलवाल आफूलाई गैरकानूनी रुपमा हटाइएको भन्दै अदालत जाने तयारीमा छन् । सर्वोच्च अदालतमा इजलास हडतालका कारण उनको मुद्दा सुनुवाई हुन सकेको छैन ।

  • १३ मंसिर २०७८, सोमबार प्रकाशित

  • Nabintech