१२ श्रावण २०८१, शनिबार

नेपालगञ्ज आउँदै गरेको बस दुर्घटना, दुईको मृत्यु
  • न्युज मानसराेवर

बाँके\ जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगन्ज आउँदै गरेको ना६ख ४४३८ नम्बरको बस सिंजा गाउँपालिका–२, जुम्ला घोडेंगा गाउँमा दुर्घटना भएको हो ।

बस सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जानकारी दिए । प्रारम्भिक जानकारी अनुसार घटनास्थलमा नवीन रावल र विशाल बमको मृत्यु भएको उनले बताए ।

बसमा चार जना मात्र सवार थिए । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान एम्बुलेन्स पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • १५ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech