११ श्रावण २०८१, शुक्रबार

बाँकेमा कार्तिके वर्षातले २ अर्बको धान नष्ट
  • न्युज मानसराेवर

बाँके \कातिक पहिलो साता भएको बेमौसमी वर्षासँगैको डुवानले बाँकेमा झन्डै दुई अर्व बराबरको धानखेती नष्ट भएको तथ्याङ्क संकलन गरिएको छ । सरकारी तथ्याङ्क अनुसार जिल्लामा १ अर्व ९७ करोड मूल्य बराबरको धानखेती नोक्सानी भएको हो ।

बेमौसमी पानीले बाँकेमा आधा बढी धान नोक्सान भएको छ ।

जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले बाँकेमा करिब २० हेक्टरमा लगाएको धान नोक्सान भएको जानकारी दिए । बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धानखेती हुने गर्छ ।

उक्त डुवानले बाँके, बर्दिया, कैलालीजस्ता धेरै धान उत्पादन हुने जिल्लामा कम्तिमा १० अर्व मूल्य बराबरको धानवालीमा क्षती भएको तथ्याङ्क संकलन गरिएको छ ।

बर्दियामा ३ अर्व र कैलालीमा ४ अर्व ५० करोड मूल्य बराबरको धानवाली नोक्सान भएको छ । सरकारले क्षतीको सबै विवरण संकलन गरेपनि किसानलाई क्षतीपूर्ति दिन भने सकेको छैन् । सरकारले एक जना किसानलाई ५५ हजार बढी क्षतीपूर्ति दिने भनेको छ ।

  • १५ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech