बाँके बैजनाथ । बैजनाथ गाउँपालिकाले ३० औँ अन्तरराष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । महिला तथा बालबालिका शाखाको आयोजनामा ३० औँ अन्तरराष्ट्रिय अपाङ्ग दिवस बैजनाथमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम गर्दै मनाएको हो ।
दिवसका अवसरमा बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले अपाङ्गताका सम्बन्धमा भएका पँहुज युक्त संरचना नीतिगत कानूनी व्यवस्था अपाङ्गका सवाल ,अपाङ्गका समस्या तथा स्थानीय सरकार स्तरबाट समस्या समाधानका पहल बारे कार्यक्रममा जानकारी गराएका थिए ।
कार्यक्रममा प्रमुख अथिति बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले शुरुवात गरेको सानो पहल बाट आज सामाजिक सुरक्षाभत्ताको आकारमा बृद्धि भएको स्मरण गरे ।
अध्यक्ष रुचालले स्थानीय सरकारले हाल पहेलो परिचयपत्र र सेतो परिचयपत्र भएका अपाङ्गता भएका व्यक्तिहरु लाई बार्षिक एक मुष्ट २ हजार उपलब्ध गराउने निर्णय गरेको जानकारी गराए ।उनले सांकेतिक भाषा समन्वयनका लागि दोभाष कर्मचारी राख्ने तयारी गरिएको बताए । उनले राज्यको व्यवस्था फेर्नका लागि अपाङ्ग भएका जनसमुदायको पनि आन्दोलनको मार्चामा उल्लेखनीय योगदान रहेको स्मरण
गरे । अध्यक्ष रुचालले स्थानीय संघ संस्थाहरुको समन्वयमा विभिन्न अन्तरराष्ट्रिय दिवसहरुमा स्थानीय सरकारले मनाउदै आएको बताए ।
कार्यक्रममा कोभिड १९ बाट मृत्यु भएका परिवारलाई जनहि ४० हजार आर्थिक सहयोग गर्ने कार्यक्रमम जानकारी गराए । कार्यक्रमम अपाङ्गता भएका नियमित कक्षा १२ बाह् उर्तीण विद्यार्थीहरुलाई सम्मान स्वरुप प्रमाणपत्र र शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमम बैजनाथ गाउँपालिका अपाङ्ग समन्वय समित संयोजक तथा गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले राज्यले उपलब्ध गराएका अधिकारहरुलाई उपभोग गर्दै समतामुलक समाज निमार्णमा सबैको योगदान बराबर रहेको बताए ।
उनले एकल महिला हुदै एकल पुरुषहरु लाई समेत समाजिक सुरक्षामा भत्ताको व्यवस्था गरिएकोे जानकारी गराइन ।
कार्यक्रमको अपाङ्ग समन्वय समित संयोजक तथा गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विक अध्यक्षतामा सम्पन्न गरिएको थियो भने कार्यक्रम संचालन महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी ज्ञवालीले गरेकी थिइन ।
बैजनाथ गाउँपालिमा स्तरम अपाङ्गता भएका एक हजार १७ जना रहेका छन । त्यस मध्य (क) वर्ग १सय ६९ (ख )वर्ग ४ सय ९७
(ग) वर्ग २ सय ११ (घ) १ सय ४० जना रहेका छन ।