११ जेष्ठ २०८२, शनिबार

बाँकेमा १ संक्रिमत थपिँदा १ जना डिस्चार्ज
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा शनिवार थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई वटा प्रयोगशालामा ४६ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा २५ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ । भेरी अस्पतालमा २१ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ ।

बागेश्वरी ल्यावमा भने नमुना जाँच भएन् । संक्रमण पुष्टि भएका व्यक्ति बाँकेका हुन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १८ हजार ४ सय ६४ पुगेको छ ।

यस्तै शनिवार बाँकेमा १ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ११३ पुगेको छ ।

  • १८ मंसिर २०७८, शनिबार प्रकाशित

  • Nabintech