१३ बैशाख २०८१, बिहीबार

  • न्युज मानसराेवर

बर्दिया — बर्दियाको बढैयातालमा जाडो छल्न आउने पाहुना चरा घट्दै गएका छन् । ताल संरक्षण हुन नसक्दा हरेक वर्ष हिउँदमा जाडो छल्न हिमाली भेगलगायत साइबेरियाबाट आउने चरा अहिले घट्दै गएको पंक्षीविज्ञले बताएका हुन् ।

तालमा हरेक वर्ष हिउँदमा आउने सारस, कुर्मा, बगाले सिंह कुखुरा, मरुले, हुटिट्याउँ, लोभीपापी, गरुड, हरिहाँसलगायत करिब १५ प्रजातिका चरा यसपटक नभेटिएको पंक्षीविज्ञ राम शाहीले बताए । उनका अनुसार तालमा झाडी मार्ने औषधिको बढ्दो प्रयोग, होहल्ला र अव्यवस्थित रूपमा माछा मार्नेलगायत कारणले सीमसार क्षेत्रमा पाहुना चरा घटेको हो ।

बढैयाताल १ सय ४ हेक्टर क्षेत्रफलमा फैलिएको मालपोतको अभिलेखमा छ । यो ताल क्षेत्रफलका दृष्टिले ठूलो मानिन्छ । तर, धेरै ठाउँ अतिक्रमणसँगै तालमा पानी पनि सुक्दै गएको स्थानीयको गुनासो छ । यसअघि भएका अध्ययन अनुसन्धानलेबढैयातालमा सयभन्दा बढी प्रजातिका पाहुना चरा आउने गरेको देखाएको थियो । स्थानीय संरक्षणकर्मी विमल चौधरीले बढैयातालामा अहिले ५१ प्रजातिका चरा रहेको बताए ।

बढैयातालमा सरसफाइ नहुनु, तालमा पर्याप्त पानी नहुनु र संरक्षणमा सम्बन्धित निकायले चासो नदिँदा चराको संख्या घट्दै गएको उनले बताए । इकान्तिपुर बाट

  • २२ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech