२७ श्रावण २०७९, शुक्रबार

कस्तो रहला आजको मौसम ?
  • न्युज मानसराेवर

बाँके\ हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार बिहानैदेखि देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।

यस्तै दिउँसो  प्रदेश नं १ को  भूभागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ भने बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यसैगरी राति प्रदेश नं १ र प्रदेश नं २ को भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

  • २३ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech