बाँके\ बाँकेमा विहीबारदेखि १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको छ । दुई चरणमा पहिलो र दोस्रो डोजको खोप लगाउन शुरु गरिएको हो ।
हो । १ लाख ६५ हजार १२ जनालाई पहिलो डोज र ३० हजार ७ सय ६३ जनालाई दोस्रो डोज खोप लगाइने छ । जिल्लाका आठवटा पालिकामध्ये बिहीवार नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा खोप लगाइँदै छ ।
शुक्रबारसम्म यी पालिकामा खोप लगाइने जानकारी दिँदै स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले पालिकाका सबै स्वास्थ्य संस्थामा खोप केन्द्र तय भएको छ । कोरोनाविरुद्धको भेरोसेल र कोभिसिल्डको पहिलो र दोस्रो डोज खोप लगाइने श्रेष्ठले बताए ।
नेपालगञ्जमा ४५ हजार ५ जनालाई पहिलो डोजको खोप लगाइने छ भने ५ हजार २ सय ३० जनालाई दोस्रो डोज खोप लगाइने छ । यस्तै कोहलपुरमा १९ हजार ६ सय १९ जनालाई पहिलो डोज खोप लगाइने छ भने ५ हजार १ सय १ जनालाई दोस्रो डोज खोप लगाइने छ ।
जानकी गाउँपालिकामा १४ हजार २२ जनालाई पहिलो डोज लगाइने छ भने २ हजार १ सय ३१ जनालाई दोस्रो डोज लगाइने छ । यस्तै खजुरा गाउँपालिकामा १५ हजार ३ सय ४८ जनालाई पहिलो डोज खोप लगाइँदा ३ हजार ६ सय ४५ जनालाई दोस्रो डोज लगाइने खोप फोकल पर्सन श्रेष्ठले बताए ।
डुडुवा, बैजनाथ, नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा भने यही २६ र २७ गते खोप लगाइने छ ।
बैजनाथमा १९ हजार २ सय ५४ जनालाई पहिलो डोज, ३ हजार १ सय ८ जनालाई दोस्रो डोज, डुडुवामा १३ हजार ७ सय ४५ जनालाई पहिलो डोज र ३ हजार ९ सय २१ जनालाई दोस्रो डोज, नरैनापुरमा १७ हजार ५ सय ७९ जनालाई पहिलो डोज, ३ हजार २ सय १४ जनालाई दोस्रो डोज र नरैनापुरमा २० हजार ४ सय ४० जनालाई पहिलो डोज र ४ हजार ४ सय १३ जनालाई दोस्रो डोज खोप लगाइने छ ।