१५ बैशाख २०८१, शनिबार

खुल्ला ब्याडमिन्टन प्रतियोगिता नेपालगञ्जमा शुरु
  • न्युज मानसराेवर

बाँके\ नेपालगञ्जमा बिहीवारदेखि खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । बाँकेको जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाली सेनाको भैरवप्रसाद गण र कर्मचारी मिलन केन्द्र बाँकेको सह–आयोजनामा नेपालगञ्ज रंगशालाको कभर्डहलमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको नेपाली सेनाको श्री ४ नम्बर अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठकले उदघाटन गरेका छन् । मंसिर २५ गतेसम्म सञ्चालन हुने प्रतियोतिामा ६ वटा विधामा प्रतिष्पर्धा छ ।

एकल स्पर्धातर्फ महिला र पुरुष, पुरुष युगल, भेट्रान्स युगल र यु–१९ उमेर समूह अन्तर्गत् पुरुष एकल र महिला एकलमा प्रतिष्पर्धा छ । प्रतियोगितामा करिब डेढ सय जना खेलाडीले भाग लिएका छन् ।

  • २३ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech