बाँके\ बाँके जिल्लाको बार्षिक जनसंख्या बृद्धि दर २.२६ पुगेको जिल्ला जनगणना कार्यालय बाँकेले जनाएको छ । प्रत्येक दश दश बर्षमा गरिने ऐतिहासिक जनगणनाको तथ्याङ अनुसार बाँके जिल्लाको जनसंख्या बृद्धि दर २.२६ पुगेको हो । बाँके जिल्लामा दश वर्ष पुरानो (२०६८ सालको जनगणना) तथ्याङ लाई हेर्ने हो भने कूल जनसंख्या ४लाख ९१ हजार ३ सय १३ संख्या थियो । हालै दश बर्ष पछि २०७८ मा सम्पन्न गरिएको राष्ट्रिय जनगणना अनुसार जिल्लाको कूल जनसंख्या ६ लाख ४ हजार पुगेको छ ।
२०७८ को जनगणना मा जिल्ला भरी कूल एक लाख ३९ हजार ८ सय ९७ घर परिवार समावेश भएका छन। जिल्लाको भूगोल र यहाँको तिब्र बजारीकरण र बसाइँ सराई कारण जनसंख्या दर खास्सै बृद्धि भएको देखिदैन ढकालले भने ।’ उनका अनुसार १० वर्ष पुरानो तथ्याङ हेर्ने हो भने एक परिवार ४७ जना सम्मको संख्या देखिन्छ ‘ तर परिवार नियोजन ,शिक्षाका कारण खास्सै जिल्लाको जनसंख्या बृद्धि दर देखिदैन जिल्ला जनगणना कार्यालय बाँकेका प्रमुख वेद प्रसाद ढकालले भने ।
दश बर्ष पछिको गणना अनुसार पुरुष भन्दा महिलाहरुको संख्या बृद्धि देखिन्छ। कूल जनसंख्या ६ लाख ४ हजार मध्य ३ लाख ७ हजार ८ सय ५५ संख्या महिलाहरुको छ ।
फाट पुट अझै पनि नामावली टिपाउने कार्य जारी छ जिल्लामा गरिएको जनगणना अब तल माथी भए शुन्य दशमलब १ (०.१) वा (०.५) को डाटा फरक होला ?’तर यही आधार हामीले अहिले मान्नु पर्छ ढकालले भनेका छन’।
बाँकेका कुन स्थानीय तहमा कति जनसंख्या ?
राष्ट्रिय जनगणना अनुसार बाँकेका ८ वटा स्थानीय तह का ८१ वडाहरको तथ्याङ हेर्ने हो भने जिल्लाका नेपालगञ्ज उपमहानगरपालिकाको कूल जनसंख्या दर एक लाख ६६ रहेको छ । त्यसै गरी कोहलपुर नगरपालिकाको एक लाख १२ सय बैजनाथ गाउँपालिका ७० हजार ३ सय , खजुरा गाउँपालिका ६३ हजार ८ सय राप्ती सोनारी गाउँपालिका ६७ हजार ७ सय जानकी गाउँपालिका ४६ हजार ६ सय ५० त्यसै गरी नरैनापुर गाउँपालिका ४३ हजार ८ सय र डुडुवा गाउँपालिका ४३ हजार जनसंख्या रहेको जिल्ला जनगणना कार्यालयले जनाएको छ । (जिल्ला जनगणना कार्यालय बाँकेका प्रमुख ढकाल सँगको कुराकानीमा आधारित )