१५ चैत्र २०८०, बिहीबार

कांग्रेस महाधिवेशन : संस्थापनइतरबाट शेखर र प्रकाशमान दुवै सभापतिको उम्मेदवार बन्ने पक्का
  • न्युज मानसराेवर

काठमाडौँ\ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी नदिने घोषणा गरेसँगै संस्थापन इतरबाट डा. शेखर कोइराला र प्रकाशमान सिंह उम्मेदवार बन्ने पक्का भएको छ ।

सहमतिको प्रयास सफल बन्न नसकेपछि संस्थापनइतरबाट दुई जनाको उम्मेदवारी पर्ने भएको हो ।

सभापतिको प्रतिस्पर्धाबाट पौडेल बाहिरिएपछि संस्थापनइतरले कोइरालाको नेतृत्वमा प्यानल बनाउने तयारी गर्दैछ । पौडेलको समर्थन शेखर कोइरालालाई रहने भएको छ ।

‘रामचन्द्र दाइको समर्थनमा शेखर दाइको नेतृत्वमा प्यानल बनाउने तयारी भएको छ । केहीबेरमा उम्मेदवारी घोषणा गर्छाैं,’ कांग्रेसका एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने ।

साझा उम्मेदवार बन्ने शर्तमा शेखर रामचन्द्रलाई छाड्न तयार भएका थिए । तर प्रकाशमानले कुनै हालतमा नछाड्ने बताएपछि सहमतिको प्रयास विफल भएको थियो ।

शेखरको प्यानलबाट शशांक उपसभापतिको उम्मेदवार बन्ने तयारी रहेको स्रोतले बतायो ।

कोइराला परिवारकी अर्की सदस्य सुजाताले भने प्रकाशमानको प्यानलबाट उपसभापति लड्ने तयारी गरेको स्रोतको दाबी छ

  • २५ मंसिर २०७८, शनिबार प्रकाशित

  • Nabintech