१३ बैशाख २०८१, बिहीबार

कांग्रेस सभापतिमा नउठ्ने रामचन्द्र पौडेलको घोषणा
  • न्युज मानसराेवर

काठमाडौँ\ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं सभापतिमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । आफ्नै निवास बोहराटारमा शनिवार बिहान आफुपक्षीय केन्द्रीय सदस्यहरूसँगको छलफलमा पौडेलले उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।

‘संस्थापन इतरबाट साझा उम्मेदवार बनाऔं भन्ने मेरो प्रयास सार्थक भएन, म अव प्रतिस्पर्धाबाट बाहिरिएँ’ पौडेल निकट एक नेताले भने, ‘अब शेखरजी र प्रकाशमानजी पछि हटे पनि उम्मेदवारी दिन्न ।’ उम्मेदवारी नदिएपनि कसलाई समर्थन गर्ने भन्नेबारे पौडेलले केही बोलेका छैनन् ।

‘रामचन्द्र दाई उम्मेदवार नबने पनि प्यानल बनाउने तयारी गरिरहेका छौं, एकजनालाई उहाँको समर्थन रहन्छ’ ती सदस्यले भने । सभापतिको लागि संस्थापन इतरबाट डा. शेखर कोइराला र प्रकाशमान सिंहले दावी गरेका छन् ।

  • २५ मंसिर २०७८, शनिबार प्रकाशित

  • Nabintech