८ बैशाख २०८१, शनिबार

सामाजिक अभियन्ता अधिवक्ता पराजुलीलाई भारतको नयाँ दिल्लीमा अन्तराष्ट्रिय सम्मान
  • न्युज मानसराेवर

बाँके\ सामाजिक क्षेत्रमा विषेश योगदान पुराए वापत अन्तर्राष्ट्रिय ‘डा अम्बेडकर विशिष्ट सेवा पुरस्कार–२०२१’ बाट सामाजिक अभियन्ता तथा अधिवक्ता मीना पराजुली भारतको नयाँ दिल्लीमा सम्मानित भएकी छन ।

बालबालिका, महिला र सिमान्तकृत समुदायको अधिकारको क्षेत्रमा विगत २० वर्षदेखि निरन्तर क्रियाशिल रहेकी पराजुली आफ्नो कार्यकालको अधिकांश समय पश्चिम नेपालको खासगरी विकट जिल्ला मुगु, जुम्ला, कालिकोट, डोल्पा, रुकुम, रोल्पा, बाजुरा, डोटी, अछामलगायतमा कर्मथलो बनाई क्रियाशिल रहेकी उनलाई भारतीय दलित साहित्य एक्याडमीले सम्मान गरेको हो ।

भारतको राजधानी नयाँ दिल्लीमा गत डिसेम्बर ११ तारिखको दिन भारतीय दलित साहित्य एक्याडमीको ३७औ साधारण सभाको अवसरमा आयोजित भब्य सभामा उनलाई सम्मान गरेको हो । हाल पराजुली प्लान नेपालको सुर्खेत कार्यालयमा कार्यरत रहेकी छन् ।

  • २६ मंसिर २०७८, आईतवार प्रकाशित

  • Nabintech