१५ चैत्र २०८०, बिहीबार

प्रतिनिधि सभाको मंगलबार बस्ने बैठकमा ६ वटा अध्यादेश पेस गरिने
  • न्युज मानसराेवर

बाँके् मंगलबार ९मंसिर २८ गते०देखि सुरु हुने प्रतिनिधि सभाको हिउँदे ९१०औं० अधिवेशनको पहिलो बैठकमा ६ वटा अध्यादेश पेस हुने भएका छन्।

मंगलबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ३, भौतिक पूर्वाधार तथा  यातायात मन्त्री रणुकुमार यादवले १ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडुले २ वटा अध्यादेश पेस गर्नेछन्।

मंगलबार दिउँसो २ बजे बस्ने गरी प्रतिनिधि सभाको बैठक बोलाइएको छ। संघीय संसद् सचिवालयका अनुसार बैठकको सुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीयदको अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन्।

  • २७ मंसिर २०७८, सोमबार प्रकाशित

  • Nabintech