६ बैशाख २०८१, बिहीबार

बर्दियामा बुधबारदेखि बाघ गणना
  • न्युज मानसराेवर

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जमा मंसिर २९ गतेबाट बाघको गणना सुरु हुँदै छ । निकुञ्जले बाघ गणनाका लागि अघिल्लो सोमबार र मंगलबार प्राविधिकलाई प्रशिक्षण दिएको छ ।

हरेक चार वर्षमा बाघ गणना हुन्छ । पछिल्लो गणनामा ८७ वटा बाघ भेटिएकामा यस वर्ष बाघको संख्या बढ्ने र १ सय १५ देखि १ सय २५ को संख्यासम्म पुग्ने अनुमान निकुञ्जको छ । बाघ गणना बाँके र बर्दियामा एकैसाथ गरिन थालिएको छ । यी दुई जिल्लामा चारवटा बल्क बनाइएको छ । करिब तीन महिनाभित्र बाघको संख्या यकिन हुने बताइएको छ । बाघ गणनामा ७ सय वटा ग्रिडमा ७ सय २० वटा क्यामेरा राखिने भएको छ । एउटा ग्रिडमा कम्तीमा १५ देखि २१ दिनसम्म क्यामेरा ट्र्याप राखिनेछ । एक दर्जन हात्ती, प्राविधिक, कर्मचारीसहित झन्डै तीन सय जना बाघ गणनामा खटिने भएका छन् ।

बाघको संख्या बढ्दै गएपछि यहाँ वन्यजन्तु र मानव द्वन्द्व चर्किंदै गएको छ । विगत तीन वर्षयता बाघको आक्रमणमा ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ ।

  • २८ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech