१२ श्रावण २०८१, शनिबार

बुटवलमा पुस ८ गतेदेखि औद्योगिक प्रदर्शनी हुने
  • न्युज मानसराेवर

बुटवल- कोरोना महामारीपछि मेला महोत्सव हुन नसकिरहेको बेला पुस ८ गतेदेखि २० गतेसम्म बुटवलमा चौथौ औद्योगिक प्रदर्शनी हुने भएको छ। उद्योग व्यापार संघ बुटवलको आयोजनामा बुटवल देविनगरमा मेला हुने भएको हो।

आयोजकले शनिबार पत्रकार सम्मेलन गरि मेलाको ६० प्रतिशत तयारी पूरा भएको जनाएको छ। ‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण’ मूल नाराका साथ हुने मेलामा ४ सय ५० स्टल रहनेछन्। हालसम्म करिब तीन सय स्टल दर्ता भइसकेको संघका अध्यक्ष गोबिन्दराज गैरेले बताए।

मेलामा एक लाख पुरस्कार राशीको डान्स आइडल, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, मम्मी डान्स (आमा नृत्य प्रतियोगिता), हरेक दिन विभिन्न विधाका राष्ट्रिय  कलाकारको प्रस्तुति, फेशन शो,निशुल्क दन्त शिविर र रक्तदान लगायतका कार्यक्रम आकर्षणको रुपमा रहने आयोजकले जनाएका छन्।

  • ३ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech