बाँके \ गैर सरकारी महासंघको १० औँ महाधिवेशन तथा २७ औँ बार्षिक साधारण सभा बाट इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकाया केन्द्रिय सदस्यमा निर्वाचित भएका छन।
रोकाया सर्वसहमति बाट केन्द्रिय सदस्य निर्वाचित भएका हुन ।
विकट बाजुरा जिल्लामा जन्मेका रोकायाले २०५४ साल देखी बाँके जिल्लामा इन्रुडेक नामक गैर सरकारी संस्था सञ्चालन गदै आएका छन।
रोकाया गैर सरकारी महासंघ बाँके जिल्ला अध्यक्ष तत्कालित मध्यपश्चिम क्षत्रिय अध्यक्ष र संघियता पश्चात लुम्बनी प्रदेशको उपाध्यक्ष कार्यवाहक अध्यक्ष हुदै गैर सरकारी महासंघको १० औँ महाधिवेशन बाट केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन।
मानव अधिकारीका क्षेत्रमा क्रियाशिल विभिन्न संघ संगठनमा आवद्ध रोकाया विभिन्न सञ्चारमाध्यम मा सल्लाहकारको भूमिकामा समेत छन ।
१० औँ महाधिवेशमा अन्य पदाधिकारीको विवरण भने आउनै बाँकी छ ।
















