१२ श्रावण २०८१, शनिबार

बाक्लो हुस्सुका कारण नेपालगञ्ज विमानस्थल वन्द
  • न्युज मानसराेवर

बाँके\ बाक्लो हुस्सु र शितलहरका कारण नेपालगञ्जस्थित राँझा विमानस्थल वन्द भएको छ । आइतवार विहानैदेखि नेपालगञ्जबाट हुने उडान र अवतरण दुवै अवरुद्ध भएको हो ।

नेपाल नागरिक उडड्यन प्राधिकरण नेपालगञ्जका प्रमुख सुभाष झाका अनुसार शनिवार रातीदेखिको वाक्लो हुस्सु र शितलहरका कारण आकाश नखुल्दा उडान र अवतरण अवरुद्ध भएका हुन् ।

राँझा विमानस्थलमा अहिले तीन मिटर भिजिविलिटी छ । उडान अवतरणका लागि १ हजार ६ सय मिटर भिजिविलिटी आवश्यक पर्छ । नेपालगञ्ज विमानस्थलबाट काठमाण्डौका लागि १२ तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी जिल्लामा करिव २० वटा उडान हुँदै आएको छ ।

जाडोयाम शुरु भएपछि हवाइ सेवा अवरुद्ध भएको यो तेस्रो पटक हो । यसअघि मंसिरको अन्तिम साता दुई दिन विहान ११ बजेसम्म हवाइ उडान अवरुद्ध भएपनि त्यसपछि घाम लाग्दा भने हवाई सेवा नियमित भएको थियो ।

तर आइतवार घाम लाग्ने संकेत देखिएको छैन् । जसका कारण विमानस्थल खुल्ने सम्भावना निकै कम रहेको कार्यालय प्रमुख झाले बताए ।

यस्तै बाक्लो हुस्सुका कारण सवारी साधन चलाउन पनि सकस भएको छ । चालकहरुले हेडलाइट बालेर सवारीसाधन चलाइरहेका छन् । बाक्लो हुस्सुसँगैको शितलहरले चिसो बढेसँगै नागरिकको जनजीवन प्रभावित भएको छ । नेपालगञ्ज, कोहलपुर, खजुरालगायतका बजार क्षेत्रमा मानिसहरुको चहलपहल घटेको छ ।

  • ४ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech