१२ श्रावण २०८१, शनिबार

हिमाल जाने कर्मचारीलाई तालिमको अवसर
  • न्युज मानसराेवर

बाँके\ हिमाल आरोहणका समयमा आधारशिविरसम्म जान इच्छुक कर्मचारीलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले तालिम दिने भएको छ ।

मन्त्रालय अन्तरगत रहेको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले संयुक्त रुपमा कर्मचारीहरुलाई सम्पर्क अधिकृतको तालिम आयोजना गरी कर्मचारीसँग दरखास्त आह्वान गरेको हो ।

हिउँद, वर्खा सिजन र अन्य समयमा हिमाल आरोहणका क्रममा नेपाल सरकारले आफ्नो कार्यालय नभएका क्षेत्रमा प्रतिनिधिको रुपमा सम्पर्क अधिकृत खटाउने गर्दछ । यसका लागि अनिवार्य रुपमा तालिम लिएको हुनु पर्ने व्यवस्था छ ।

कम्तीमा स्नातक उर्तिण नायव सुब्बा देखि उपसचिव दर्जासम्मको कर्मचारी र एसएलसी उर्तिण गरेका सगरमाथा आरोहीले यो तालिममा दरखास्त दिन पाउने व्यवस्था भएको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले  जनाएको छ ।

सरकारले कार्यालय नभएको क्षेत्रमा राज्यले तय गरेका ऐन नियमलाई कार्यन्वय गराउदै गलत गतिविधि गर्न नदिनका लागि कर्मचारीलाई त्यस क्षेत्रमा अनिवार्य रुपमा पठाउने गरेको छ ।

कर्मचारीले तालिम खर्च बेहोर्ने गरी तालिम लिनु पर्ने व्यवस्था प्रतिष्ठानले गरेको छ । तालिमका लागि कर्मचारी पाँच हजार एक सय शुल्क बुझाउनु पर्ने हुन्छ ।

पर्यटन मन्त्रालयले सचिवस्तरबाट मंसिर २१ गते निर्णय गरी तालिम आयोजना गर्ने भएको हो । प्रतिष्ठानले पुस १९ गतेसम्ममा आवेदन दिई सक्नु पर्ने र पुस २१ गते देखि तालिम सञ्चालन गर्ने जनाएको छ ।

  • ४ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech