११ फाल्गुन २०८०, शुक्रबार

सुनको मूल्य तोलामा ४०० ले घट्याे
  • न्युज मानसराेवर

बाँके\ साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार कायम भएकोमा बुधबार ४००ले घटेर प्रतितोला ९२ हजार ६००कायम भएको हो।

बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ३९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ९६० रुपैयाँ कायम भएको महसंघले जनाएको छ। बुधबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँ कायम भएको थियो। त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २९ रुपैयाँ कायम भएको महसंघले जनाएको छ।

  • ७ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech