१२ श्रावण २०८१, शनिबार

पाँच दिनको अवधिमा तीन गैंडा मरे
  • न्युज मानसराेवर

चितवन\ चितवनमा पाँच दिनको अवधिमा तीनवटा वयस्क गैंडा मरेका छन् । तर त्यसको विवरण चितवन राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको छैन । निकुञ्जका अधिकारीले आफ्नो पालामा कम गैंडा मरेको भनेर जस लिन मृत्युको विवरण लुकाउने प्रयत्न गरेको हुनसक्ने कतिपयको अनुमान छ ।

गएको मंसिर २७ गते भरतपुर महानगरपालिका वडा नं. १६ मा एक गैंडा मृत फेला परेको थियो । सिद्धीगणेश सामुदायिक वनबाट नजिकै रहेको विजयनगरको गणेश मन्दिर जाने बाटो छेउको जैघाँस भएको खेतमा मृत अवस्थामा भेटिएको गैंडाको मृत्युको कारण अझै खुल्न सकेको छैन ।

विषालु मानिने जैघाँस खाएर गैंडा मरेको हुनसक्ने निकुञ्जको अनुमान छ । त्यसको दुई दिनपछि फेरि निकुञ्जको कोर क्षेत्रमा दुईवटा गैंडा मरेका छन् ।

यही पुस १ गते नै निकुञ्जको टाइगर टप्स क्षेत्रमा पर्ने भिम्ली भन्ने ठाउँको बगरमा २६/२७ वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको छ । स्रोतका अनुसार त्यसको भोलिपल्ट पनि निकुञ्जको नवलपरासी अमलटारी क्षेत्रको आइल्याण्ड क्षेत्रमा अन्दाजी २४/२५ वर्षको पोथी गैंडा मृत फेला परेको छ ।

  • ७ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech