१२ श्रावण २०८१, शनिबार

बुटवलमा सी लेभलको ब्याडमिन्टन प्रतियोगिता हुने
  • न्युज मानसराेवर

बुटवल \बुटवलमा यही पुस ९ र १० गते सि लेभलको आशिष कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।

स्पोर्टस् हाउस आशिष स्टेशनरीको आयोजनामा प्रथम लुम्बिनी स्तरीय सी लेभल ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो। मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी बुटवल ११ देवीनगर स्थित व्याडमिन्टन क्लबमा प्रतियोगिता हुने जानकारी दिइयो।।

प्रतियोगितामा १ सय ३२ टिमको सहभागिता रहने अध्यक्ष आयुष श्रेष्ठले बताए।  प्रथम हुनेले नगद ३० हजार, द्धितियले २० हजार र तृतियले नगद १५ हजार सहित मेडल, शिल्ड र प्रमाणले पुरस्कृत गरिने प्रमुख एम्पायर अर्जुन कार्कीले बताए ।

  • ७ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech