१२ श्रावण २०८१, शनिबार

रञ्जु दर्शनाले छाडिन् विवेकशील साझा पार्टी
  • न्युज मानसराेवर

बाँके\ वैकल्पिक राजनीतिको वकालत गर्दै आएकी युवा नेत्री रञ्जु दर्शनाले विवेकशील साझा पार्टीबाट अलग भएको घोषणा गरेकी छन् ।
विवेकशील साझा वैकल्पिक राजनीतिको खोल ओढेर राजनीतिलाई नै फोहोर बनाउन लागिपरेको भन्दै उनले पार्टीबाट अलग भएको घोषणा गरेकी हुन् ।
म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको छ, जुन मैले सफा गर्ने कोशिश पनि गरें, तर पूर्णरूपले सफा गर्न असमर्थ रहें, तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा थप फोहोर बढाउन सक्दिन,’ आफ्नो विज्ञप्ति सार्वजनिक गर्दै उनले फेसबूकमा लेखेकी छन् ।

  • ८ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech