११ श्रावण २०८१, शुक्रबार

जयबागेश्वरी मावि नेपालगञ्जका विद्यार्थीले आयोजना गरे फुड फेस्टिवल
  • न्युज मानसराेवर

बाँके\ नेपालगञ्जको जयबागेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफुहरुबीचमा रहेको प्रतिभा प्रस्फुटन गर्नको लागि ‘फुड फेस्टिबल’को आयोजना गरेको छ ।

विद्यार्थीहरुमा खाना पकाउने सम्बन्धी अभिरुची बढाउने उदेश्यले फुड फेस्टिबलको आयोजना गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल विद्यामान राजभण्डारीले जानकारी दिए ।

कक्षा ६ देखि कक्षा १० का विद्यार्थीहरु सहभागि रहेको सो फुड फेस्टिबलमा ६ वटा समुहले भाग लिएको र १० प्रकारका खानेकुराहरु पकाईएको थियो ।

जसमा चाउमिन, पास्ता, चना–पुरी, भेज पकौडा, ब्रेड पकौडा, आलु–टिकीया, फ्रेन्च फ्राई, स्याण्डविच, फ्रेन्च टोस्ट र पानिपुरी जस्ता पक्वान रहेको संस्थापक प्रिन्सिपल राजभण्डारीले बताए ।

सो फेस्टिबलमा आलु–टिकीया प्रथम, पानीपुरी द्वितिय र स्याण्डविच तृतिय भएको थियो । विजयी विद्यार्थीलाई शिक्षा विकास तथा समन्वय ईकाई बाँकेका प्रमुख रामसुरेश यादवले क्रमश ३ हजार, दुई हजार र १ हजार ५ सय पु्रस्कार वितरण गरेका थिए ।

सो फेटिवलमा पकाईएको सामाग्री तथा खानेकुरा विद्यार्थी स्टल लगाई विक्रि समेत गरेका थिए । शिक्षा क्षेत्रमा अब्बल स्थान बनाउन सफल जयबागेश्वरी मावि नेपालगञ्जले हरेक वर्ष यस्ता गतिविधि सञ्चालन गर्दै आएको छ ।

  • ९ पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech