१२ श्रावण २०८१, शनिबार

बुटवलमा चौथो औद्योगिक व्यापार आयोजना
  • न्युज मानसराेवर

बुटवल- बुटवलमा बिहीबारदेखि औद्योगिक व्यापार मेला सुरु भएको छ। उद्योग व्यापार संघ बुटवलको आयोजनामा देवीनगरमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला सुरु भएको हो।  ‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार विविधीकरण’ नाराका साथ सुरु भएको मेलाको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका छन।

पुस २० गतेसम्म चल्ने मेलामा स्वदेशी तथा विदेशी उद्योग, कृषि र  पर्यटनका  ४ सय ७० स्टल रहेका छन्।

मेला उद्घाटन अघि ३४ वटा संघसंस्थाको सहभागितामा देवीनगर चौपारिबाट मेलास्थलसम्म झाँकीसहितको र्‍याली निकालिएको थियो।

  • ९ पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech