बाँके\ नेकपा एमालेको आगामी जिल्ला अधिवेशनमा प्रतिनिधि संख्या एक हजार एक सय हुने भएका छन।
आज नेकपा एमालेको ४ सय ९६ सदस्य संख्या जिल्ला कार्य समितिको १९ औं पूर्ण बैठक उक्त निर्णय गरेको हो ।
१९ औँ पूर्ण बैठकमा १० औँ महाधिवेशनको सन्देश दिने उदेश्यले वडा स्तरीय सन्देश सभा समेत गर्ने भएको छ ।
१४,१५ र १६ गते जिल्लाका ८१ वटा वडाहरुमा सन्देश सभाको मार्फत एकता र सर्व सहमत निर्णय मार्फत प्रतिनिधि छनोट गर्नाको लागि अभियान सञ्चालन गरिने नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले जानकारी गराएका छन।
यसै गरी १९ आँै बैठकले १० औँ महाधिवेशनको समिक्षा ,बाँके जिल्लाको निर्वाचन समितिको नाम सिफारिस ,लेखा परिक्षण जनसंगठनहरुको बैठक लगाएतका निर्णयहरु सर्वसहमतिमा पारित गरेको छ ।











