१२ श्रावण २०८१, शनिबार

प्रेस चौतारी बाँकेको अधिवेशन पुष २८ गते हुने
  • न्युज मानसराेवर

बाँके\ प्रेस चौतारी बाँकेको ९ औं जिल्ला अधिवेशन यहि पुष २८ गते हुने भएको छ । जिल्ला अध्यक्ष हेमन्त विकको अध्यक्षतामा शनिबार नेपालगञ्जमा बसेको बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो ।

चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा अधिवेशन हुनेछ । अधिवेशन तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको सचिव कमल डांगीले जानकारी दिए ।

बैठकले अधिवेशन भन्दा अगाडी सम्पूर्ण सदस्यहरुको नविकरण गराईसक्नुपर्ने निर्णय समेत गरेको छ । चौतारीको अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ ।

बैठकमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यहरु रुद्र सुवेदी, गोविन्द शर्मा, भेषराज बस्नेत, ठाकुरसिंह थारु, रुपा गहतराज, केन्द्रीय सल्लाहकार शिव डोटेल, डिल्ली बिसी, अछरी पोखरेललगायतले विभिन्न सल्लाह र सुझाव दिएका थिए ।

यसैबीच प्रेस चौतारी बाँकेले नेकपा एमालेका नव निर्वाचित केन्द्रीय सदस्यहरुको स्वागत तथा सम्मान गरेको छ । केन्द्रीय सदस्य मो. हारुन, शान्ति ढकाल, दिपा शर्मा, पशुपतिदयाल मिश्रको सम्मान गरिएको प्रेस चौतारी बाँकेका उपाध्यक्ष विनोद भट्टराईले जानकारी दिए ।

कार्य ब्यस्तताका कारण केन्द्रीय सदस्य सुर्य ढकाल, लेखा आयोगका सदस्य विजया धिताल र अनुशासन आयोगका सदस्य देवराज भार अनुपस्थित रहेका थिए ।

  • १० पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech