१२ श्रावण २०८१, शनिबार

मबाटै सुधार शुरू हुन्छ भन्दै प्रज्ञा भवनबाट बाहिरिए प्रचण्ड
  • न्युज मानसराेवर

काठमाडौँ\ नेकपा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा सुधार आफूबाटै हुने बताएका छन् ।

माओवादी अधिवेशनको उद्घाटनस्थल प्रज्ञा भवनबाट बाहिरिने क्रममा मंगलवार पत्रकारहरूले सोधेको एक प्रश्नको जवाफमा प्रचण्डले सुधार आफूबाटै हुने बताएका हुन् ।

‘पार्टीमा जे सुधार हुन्छ मैबाट हुन्छ र भइरहेको छ,’ प्रचण्डले भने । उनले जनतासँगको सम्बन्ध सुधारका लागि आफू फिल्डमा पनि जाने बताए । ‘फिल्डमा जान्छु र गैरहेको पनि छु,’  उनले भने ।  माओवादीको आठौं महाधिवेशनअन्तर्गत बन्दसत्रमा पेश गरेको राजनीतिक प्रस्तावमाथि २५ वटा समूहमा सामूहिक छलफल चलिरहेको छ ।

  • १३ पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech