११ श्रावण २०८१, शुक्रबार

तेस्रो लिङ्गीमैत्री संरचना निर्माणका लागि दबाव
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा अपाङ्गता, बालबालिका, महिला र तेस्रो लिङ्गीमैत्री भवन संरचना निर्माणका लागि दवाव दिन थालिएको छ ।

विवाद, द्वन्द्व र सार्वजनिक सरोकारका सवालमा सहजीकरण गर्दै आएको संवाद समूहले अपाङ्गता, बालबालिका, महिला र तेस्रो लिङ्गीमैत्री भवन संरचना निर्माणका लागि सरोकारवालासँग संवाद गर्दै दवाव दिन थालेको हो ।

सरकारी भवनहरु निर्माण गर्दा अपाङ्गता मैत्री बनाउनु पर्ने भवन आचार सहिंतामा उल्लेख गरिएपनि अधिकांस भवन संरचनाहरु सो अनरुप नभएको पाइएको छ ।

अपाङ्गतामैत्री भवन निर्माण नहँुदा अनेकन समस्या व्यवहोर्न बाध्य हुनु परिरहेको परिस्थितीकाबीच समूहले नेपालगञ्जमा सम्वद्ध सरोकार अधिकारीसँग अन्तरसंवाद गरेको हो ।

जनप्रतिनिधि, भवन निर्माण सरोकार निकायका अधिकारी, अपाङ्गता, बालबालिका क्षेत्रका प्रमुख÷प्रतिनिधि, अधिकारकर्मी, निर्माण व्यवसायी, संवादकर्ता लगायतको सहभागिता रहेको अन्तर संवाद वैठकमा सहभागी अधिकांसले भवन संहिता कार्यान्वयनमा तदारुकता नदेखाइनुले अपाङ्गमैत्री भवन निर्माणमा समस्या देखिएको बताएका थिए ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा, संघीय आयोजना कार्यान्वयन इकाईका इन्जिनीयर सुदिप झा, नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनीयर सुरज शर्मा, राष्ट्रिय अपाङ महासंघका सचिव भावुकजंग थापालगायतले धारणा राखेका थिए ।

  • १४ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech