१४ बैशाख २०८१, शुक्रबार

बर्दियामा ८३ जना महिलाको सीमाबाट उद्धार
  • मुरली गोडिया,

गुलरिया ।माइती नेपाल बर्दियाले जिल्लाका सीमा नाका बाट एक वर्षमा ८३ जनाको उद्धार गरेको छ । मानब बेचबिखन तथा ओसारपसार बिरुद्धका क्रियाकलापहरु संञ्चालन गर्ने क्रममा माइती नेपाल बर्दियाले सन् २०२० जनवरी देखी डिसेम्बर सम्म बर्दियाका सीमावर्ती नाकावाट जोखिमपुर्ण अवस्थामा रहेकाहरुको उद्दार गरेको जनाइएको छ ।

सो अबधिमा नेपाल भारतको सिमा र देस भित्रै बिभिन्न हिंसामा परेका महिला तथा बालबालिका गरि ८३ जनालाई उद्धार गरि आवासिय परामर्श सेवा प्रदान गरिएको माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री रिमालले जानकारी दिईन ।

रिमालका अनुसार भारतबाट १ जनालाई उद्धार गरी नेपाल ल्याइएको थियो । एक बर्षको अबधिमा खोजतलास तथा उद्धारका लागी ३७ वटा निवेदन परेको थियो । जसमध्ये १९ जना फेला परेका छन ।

त्यस्तै जबरजस्ती करणी उधोगका २२ वटा, मानब बेचबिखनका ३ वटा, घरेलु हिंसाका ४९ वटा घट्नामा प्रभावितलाई आवसिय परामर्श एवं कानुनी सहायता प्रदान गरिएको माइती नेपालले जनाएको छ ।

नेपालले विगत २८ वर्ष देखी मानब बेचबिखन बिरुद्ध रोकथाम एवं जनचेतना मुलक कार्यक्रम अन्र्तगत बिभिन्न पालिकाहरुसँग समन्वय र सहकार्य गर्दे पालिका एवं वडा स्तरीय अन्र्तरक्रिया, अभिमुखीकरण लगाएतका कार्यक्रमहरु संचालन गर्दे आइरहेको छ ।

  • १८ पुष २०७७, शनिबार प्रकाशित

  • Nabintech