१४ बैशाख २०८१, शुक्रबार

भोलीदेखी ‘केसिए कोहलपुर क्रिकेट प्रतियोगिता’
  • न्युज मानसराेवर

बाँके बैजनाथ । कोरोनाकालपछि पहिलो पटक कोहलपुरमा क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । स्थानिय क्रिकेट मैदानमा भोली (पुष २०) गतेदेखी ‘केसिए कोहलपुर क्रिकेट प्रतियोगिता-२०७७’ संचालन हुने भएको हो ।

प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको प्रतियोगिता आयोजक समितिका सदस्य बिनायक गिरीले जानकारी दिए । ‘भोली (सोमबार) बिहान ८ बजे उद्घाटन गर्ने गरी प्रतियोगिताको सम्पूर्ण प्राविधिक तयारी पुरा गरेका छौ’ गिरीले भने, ‘कोरोनाको जोखिमकाबिच आयोजना गर्न लागिएको प्रतियोगितामा उपस्थित भई खेलाडीको हौसला बढाईदिनुहुन आग्रह गर्दछौं ।’

विभिन्न १६ टिमले सहभागिता जनाउने उक्त प्रतियोगिताको पहिलो दिन २ वटा टिम बिच प्रतिस्प्रधा हुने बताईएको छ । शारदा एजुकेशन पार्कले आयोजना तथा के.सि.ए. कोहलपुर क्रिकेट एकेडेमीले सहकार्यमा आयोजना गर्न लागिएको प्रतियोगिताको उद्घान खेल न्यु दर्पण यूथ क्लब र जागरण क्रिकेट क्लब बिच खेल हुने छ भने दोस्रो खेल स्टिकर्स तथा कारकाँदो क्रिकेट क्लब बिच खेल हुने भएको छ ।

नक-आउट विधिबाट संचालन गरीने प्रतियोगिताको बिजेता टिमले ५० हजार नगद पुरस्कार राशि पाउने छ । त्यसैगरी उपविजेताले २१ हजार, उत्कृष्ठ खेलाडी, ब्याट्सम्यान तथा बलरले समान १५ हजार तथा प्रत्येक खेलको उत्कृष्ठ खेलाडीले १ हजार नगद पुरस्कार पाउने बताईएको छ ।

  • १९ पुष २०७७, आईतवार प्रकाशित

  • Nabintech